डडेल्धुराको आलितालमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

  बुधबार १४, साउन २०८२ ०७:००

डडेल्धुरा । विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। डडेल्धुराको भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक धनी चन्दका अनुसार अस्पतालमा उपचाररत अवस्थामा रहेका बोहराको साउन १३ गते साँझ मृत्यु भएको हो।

बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक चन्दल बताए।

clock बुधबार १४, साउन २०८२ ०७:००

प्रतिक्रिया