आगलागी पीडितलाई धनगढीका व्यापारी ठाकुरको सहयोग

  सोमबार १२, साउन २०८२ ०९:०३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको कम्प्लेक्सका आगलागी पीडितलाई सहयोग गरिएको छ । धनगढीका व्यापारी शुभ ठाकुरले पीडित व्यवसायीलाई व्यक्तिगत रूपमा नगद सहयोग गरेका हुन ।

उनले दुःख परेको बेला एक अर्कालाई सहारा दिनुपर्ने उद्देश्यले आफुले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले भने ‘दुःख परेको बेला हामी व्यवसायीहरूले एक अर्कालाई सहारा दिनुपर्छ । त्यसैले मैले मेरो तर्फबाट सहयोग गरेको हुँ ।’

आगलागीमा स्थानीय व्यापारी विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इम्पेक्स, र सेन्टर पोइन्ट रेष्टुरेन्टसहित आठ वटा सटरमा क्षति पुगेको थियो ।

हेलेन ट्रेड सप्लायर्समा रहेका लुगा–कपडा सहितका सामान पूर्णरूपमा जलेका थिए भने अन्य पसलमा आंशिक क्षति भएको थियो । आगलागीमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

clock सोमबार १२, साउन २०८२ ०९:०३

प्रतिक्रिया