डडेल्धुरामा एक वर्षमा ७७ सवारी दुर्घटना, १४ जनाको मृत्यु
डडेल्धुरा । एक वर्षमा डडेल्धुरामा ७७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १४३ वटा सवारी साधनहरूलाई कारबाही गरिएको छ ।
नियम उल्लङ्घन गर्नेहरूबाट १५ लाख ४३ हजार एक रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
प्रतिक्रिया