अत्तरियामा खानेपानीको महसुल नतिर्ने ग्राहकको मिटर काटिँदै

  बुधबार ०७, साउन २०८२ १८:०६

अत्तरिया । अत्तरिया साना सहरी खानेपानी संस्थाले महसुल नतिर्ने ग्राहकको मिटर काट्न सुरु गरेको छ । संस्थाले ५ महिना सम्म खानेपानीको लाइन नतिर्ने ग्राहकको मिटर काट्न थालेको हो ।

संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले पटक पटक सूचना गर्दा पनि महसुल नतिर्ने ग्राहकको २–३ दिन देखि मिटर लाइन काट्न सुरु गरिएको बताए ।

उनले पटक पटक सूचना गर्दा पनि हाल १६ भन्दा बढी ग्राहकले समयमा खानेपानीको महसुल नतिर्ने गरेको बताए । उनले मिटर लाइन काटेका ग्राहकले पुनः जडान गर्न चाहेमा महसुल तिरेर थप नयाँ जडान शुक्ल १५ सय तिर्नुपर्ने बताए ।

‘जानाजान धेरैले खानेपानीको महसुल तिर्न बेवास्ता गर्न थालेपछि लाइन काट्न बाध्य भएका छौ’ उनले भने ‘नियमित महसुल नउठ्दा कार्यालय सञ्चालनमै समस्या हुन थालेको छ ।’

गोदावरी नगरपालिका वडा नम्बर १, २ र ४ का खानेपानी वितरण गर्दै आएको संस्थामा हाल ५ हजार ५ बढी उपभोक्ताहरू रहेका छन् ।

clock बुधबार ०७, साउन २०८२ १८:०६

प्रतिक्रिया