बैतडी समाज कैलालीले रक्तदान तथा खीर खाने कार्यक्रम आयाेजना गर्ने

  बुधबार ०७, साउन २०८२ १५:५४

धनगढी । बैतडी समाज कैलालीले १६ औँ बृहत रक्तदान कार्यक्रम तथा खीर खाने कार्यक्रम गर्ने भएको छ ।

 

साउन १७ गते धनगढी स्थित पदमा हेल्थ कलेज सँगै रहेको समाजको सचिवालयको प्राङ्गणमा रक्तदान तथा खीर खाने कार्यक्रम आयाेजना गर्ने रक्तदान कार्यक्रम संयोजक विर बहादुर महाराले जानकारी दिए ।

 

बैतडी समाज कैलालीले अघिल्ला कार्यक्रमहरु झैं यस पटक पनि कैलाली उद्योग बाणिज्य संघकाे सहकार्यमा बृहत रक्तदानकाे आयाेजना गर्न लागेकाे कुरा समाजका सदस्य राज बहादुर चन्दले बताउनु भएको छ ।

 

बैतडी समाज कैलाली रगतको अभावका भएका बेला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । समाजले हरेक वर्ष दुई वटा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 

clock बुधबार ०७, साउन २०८२ १५:५४

प्रतिक्रिया