बालिका बलात्कार आरोपमा कैलालीको टीकापुरबाट एक जना पक्राउ

  मङ्गलबार ०६, साउन २०८२ ०७:०१

टीकापुर । कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन् । 

पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

clock मङ्गलबार ०६, साउन २०८२ ०७:०१

प्रतिक्रिया