धनगढीमा नेपाल–भारत मैत्री रक्तदान कार्यक्रम सम्पन्न

  सोमबार ०५, साउन २०८२ ११:०५

धनगढी । धनगढीमा आयोजित नेपाल–भारत मैत्री रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गर्नुभएको छ। नेपाल–भारत मैत्री संघ जिल्ला कार्य समिति, कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिशंकर ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न स्वयमसेवी रक्तदाताहरूले सहभागिता जनाउनुभएको थियो ।

केन्द्रीय उपाध्यक्ष ठाकुरका अनुसार, सुदूरपश्चिम प्रदेशमा रगतको अभाव रहेको जानकारी पाएपछि रक्तदाता सद्भावना दूत दीपक उपाध्यायको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।

महिन्द्रा शोरूम प्रांगणमा सम्पन्न कार्यक्रममा ठाकुर मोटर्स प्रालिको विशेष सहयोग रहेको थियो। नेपाल रेडक्रस सोसाइटी धनगढी उपशाखा–५ को व्यवस्थापन तथा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। 

clock सोमबार ०५, साउन २०८२ ११:०५

प्रतिक्रिया