धनगढीको उत्तरवेहीस्थित परिवर्तन ईम्पेक्समा आगलागी, क्षतिको विवरण आउन बाकी

  सोमबार ०५, साउन २०८२ ०७:१९

धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित परिवर्तन ईम्पेक्समा शनिवार राति आगलागी भएको छ । आगलागीबाट लाखौं रुपैया बराबरको क्षति भएको छ ।

राति करीव १० बजे विद्युत सर्ट भएर होलसेल व्यवसायी विश्व पौडेलको परिवर्तन ईम्पेक्समा लागेको आगो ११ः४५ बजे नियन्त्रणमा आएको थियो ।

प्रहरी, नगरप्रहरी, सशस्त्र प्रहरी, धनगढीका २ र गोदावरीको १ दमकल र स्थानीय बासिन्दाको प्रयासमा झण्डै दुई घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

प्रहरीले आगलागीबाट लाखौको क्षति भएपनि क्षतिको एकिन विवरण प्राप्त नभएको जनाएको छ ।

तस्वीर स् पंकज देउवाको वालबाट साभार गरिएको हो ।

clock सोमबार ०५, साउन २०८२ ०७:१९

प्रतिक्रिया