कैलालीको सैपाल ग्याँसका प्रबन्ध निर्देशक घिमिरे एनवाईईएफको अध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन् । काठमाडौंमा आयोजित २१औं साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एस.जि. ग्रुप का प्रबन्ध निर्देशक घिमिरे विभिन्न व्यापार, व्यवसाय तथा उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्तीय संस्था, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटी लगायतका क्षेत्रमा सक्रिय छन् ।
कैलालीमा रहेको सैपाल ग्याँस प्रा लि का समेतका प्रबन्ध निर्देशक रहेका घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन् ।
उनले इटहरि उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिका सदस्य भएर काम गरिसकेका छन् । ञ्चको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको पदेन कार्यसमिति सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया