धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ
धनगढी । धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।
धनगढी– १३ हिमाली टोलमा १० वर्षीया बालिकालाई घरमै पुगेर अपहरण गर्न खोजेको भन्दै एक पुरुषलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी– ११ बेलीका रामचन्द्र जोशी पक्राउ परेका हुन् ।
‘जोशीको मानसिक अवस्था कमजोर रहेको देखिएको छ,’ डीएसपी सिंहले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया