धनगढीमा कोठाभित्रै युवती हत्या प्रकरण : हत्यारा पत्ता लगाउन प्रहरी असफल

  शुक्रबार ०२, साउन २०८२ १२:१७

धनगढी । धनगढीमा युवती मृत फेला परेको २५ दिन बितेपनि अझँै अनुसन्धानले निश्कर्ष पाएको छैन । कोठाभित्र ताल्चा लगाएर हत्या गरिएकी युवतीको हत्यारा पत्ता लगाउन प्रहरी असफल देखिएको हो । गत असार ९ गते धनगढी–उपमहानगरपालिका–२ बैयाबेहडीमा कोठाभित्र ताल्चा लगाएको अवस्थामा ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी थिइन् । 

कञ्चनपुरको पुनरवास नगरपालिका–१० अमरवस्ती स्थाई घर भएकि रेणु धनगढीको खानेपानी संस्थान कार्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी थिइन् । घरबेटीले कोठाबाट गन्ध आएपछि झ्यालबाट हेर्दा उनको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको केहि दिनपछि रेणुका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

घटना घटेको २५ दिन बिते पनि प्रहरीले भने उनको हत्यामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनास्थलमा पुगेको प्रहरीले कोठा सील गरी अनुसन्धान थाल्यो । प्रारम्भिक रूपमा आत्महत्या नदेखिएको र हत्या भएको अनुमान गर्दै अनुसन्धान अघि बढाइरहेको खुलेको छ ।

प्रहरीले घटनास्थलबाट साक्षी, छिमेकी र घरधनीहरूसँग प्रारम्भिक बयान लिइसकेको छ । कोठाको भित्र र वरपरका स्थानहरूको स्थलगत निरीक्षण गर्दै, सम्भावित प्रमाणहरू संकलन समेत भइरहेका छन् । रेणुको मोबाइल फोन, सामाजिक सन्जाल, र अन्तिम सम्पर्कहरू स्पष्ट नहुँदा अनुसन्धानलाई दिशा दिन अप्ठ्यारो भएको छ । 

रेणुको जीवित रहँदा अन्तिम पटक कोसँग सम्पर्क भयो, र कोठाभित्रको गतिबिधि (जस्तै, भर्खर आगन्तुक आउ–जाँदा कोठामा), यी सबै कुराको छानबिन भइरहेको प्रहरीले जनाएको छ । तर, घटनामा धारिलो हतियार प्रयोग भएको, वा शारीरिक लडाइँको संकेत भेटिएको छैन । त्यसैले आत्महत्या वा दुर्घटना पनि अन्तिम विकल्पमा राखेर छानविन भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी छ । अहिलेसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न सकिएको छैन । ‘पहिला मान्छे पत्ता लगाएर पक्राउ पर्नु प¥यो, हामीहरू अनुसन्धानमै छौँ, हत्यामा संलग्न भएकाहरूको खोजतलास भइरहेको छ’ डीएसपी सिंहले भने ।

रेणुको परिवार र छिमेकीसँग प्रहरी अनुसन्धानलाई ठूलो अपेक्षा राखिएको छ । पुनरवास र धनगढीमा उनको बानी र सम्बन्धका हिसाबले कुनै दुश्मनी कहानी प्रस्ट हुन सकेको छैन । साथै कोठामा ताल्चा कसले लगाएको र रिसलिङ्ग गरिएको भन्ने प्रश्न मोडिएको छ ।

२५ दिन बित्दा पनि हत्या विवरण अस्पष्ट नै रहेको यो मामिलामा, प्रहरीसँग प्रष्ट सुराग नआँदा अनुसन्धान पछाडि पर्ने सम्भावना बढेको छ । आफन्त, सामाजिक र मानवअधिकार समूहहरूद्वारा पनि सत्य–नियमित, निष्पक्ष र गम्भीर अनुसन्धानको माग उठिरहेको छ ।

clock शुक्रबार ०२, साउन २०८२ १२:१७

प्रतिक्रिया