गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृत्यु

  शुक्रबार ०२, साउन २०८२ ०७:०७

धनगढी । कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका – ११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामी धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिबार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पुर्याएको थियो । चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०२, साउन २०८२ ०७:०७

प्रतिक्रिया