कैलाली अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट

  बिहिबार ०१, साउन २०८२ ०८:०२

कैलाली । कैलाली जिल्ला अदातलले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले आर्थिक २०८१/०८२ को असार ३२ गतेसम्म २ हजार ९ सय ३० वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा ३ हजार १ सय ४६ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

जिल्ला अदालतमा  दर्ता भएका मध्ये अर्थिक वर्ष २०८१/०८२ मा पछ्यौट भई १ हजार ३ सय ५ वटा मुद्दा बाँकी रहेका छन्। जसमध्ये १८ महिना भित्रका बाँकी १ हजार २ सय ४४, १८ महिनादेखि २ वर्षसम्मका ४५ र २ वर्ष नाघेका १६ मुद्दा रहेका छन्। जिल्लामा कुल मुद्दाको फैसला ७० दशमलव ६८ प्रतिशत  रहेको श्रेष्तेदार उप–सचिव चेतराज पन्तले जानकारी दिए।

आर्थिक २०८१/०८२ मा कुल दर्ता भएका ४ हजार ४ सय ५१ मुद्दा मध्ये  सरकारवादी फौजदारी मुद्दा ३ सय १४ जिम्मेवारीसहित सरेका १ हजार ६ सय ८० थान दर्ता भएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता भानदेव जोशीले जानकारी दिए। 

कुन न्यायाधीशले कति मुद्दा फछ्र्यौट गरे 

कैलाली जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीले सबैभन्दा बढी ९ सय ४३ मुद्दा, न्यायाधीश प्रदीपकुमार उपाध्यायले ८ सय ५४, न्यायाधीश दण्डपाणि लामिछानेले ७ सय ३५ र न्यायाधीश दिपेन्द्रनाथ योगीले ५ सय ९३ मुद्दा फछ्र्यौट गरेको श्रेष्तेदार उप–सचिव पन्तले बताए।

यस्तै न्यायाधीश विष्णुप्रसाद अवस्थीले १२ र न्यायाधीश डल्लुराम चौधरीले ९ मुद्दा फछ्र्यौट गरेका हुन्। न्यायाधीशद्वय अवस्थी र चौधरी आर्थिक वर्षको सुरुवातीमै सरुवा भएर गएका थिए।

clock बिहिबार ०१, साउन २०८२ ०८:०२

प्रतिक्रिया