बाजुराको गौमुलमा भिरबाट लडेर एक पुरुषको मृत्यु

  मङ्गलबार ३१, असार २०८२ १७:१३

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान गौमुल गाउँपालिका – ३ कटीगाउँमा ४१ वर्षीय वीरेन्द्र बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।

घरबाट घाँस काट्न गएका उनको भिरबाट लडेर मृत्यु भएको स्थानीय देबेन्द्र धामीले बताए । उनका अनुसार बोहरा घर नजिकैको बागेडोरा जंगलमा घाँस काट्न गएका थिए । 

उनी घर नफर्किएपछि खोजी गर्दा उनि मृत अवस्थामा फेला परेका थिए । स्थानीयले घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुन सक्ने बताएका छन ।

घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अहिले प्रहरीको टोली घटनास्थल तर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताएका छन ।

clock मङ्गलबार ३१, असार २०८२ १७:१३

प्रतिक्रिया