करछली गरेको आशंकामा अत्तरियाका दुई पसलमा छापा

  मङ्गलबार ३१, असार २०८२ १६:४९

धनगढी । कैलालीको अत्तरियामा रहेका दुई ओटा पसलहरुमा छापा मारिएको छ । विशेष सूचनाको आधारमा गोदावरी नगरपालिका– १ स्थित न्यू सुरुची ट्रेडर्स र पिंकु बस्त्रालयमा छापा मारिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा त्रिनगर भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयको टोलीले उक्त पसलहरुमा छापा मारेको थियो । टोलीले पसलमा भएको सम्पूर्ण सामान काउन्ट गरेपछि बिलबिजक नियन्त्रणमा लिएको छ ।

उक्त पसलहरुले लामो समयदेखी भारतबाट कर छली गरी सामान ल्याउने गरेको भन्ने सूचनाका आधारमा छापा मारेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए । 

उनले तत्काल सामान मात्रै नियन्त्रणमा लिएको बताउदै अनुसन्धानको प्रकृया जारी रहेको बताए । पसलबाट संकलन गरिएको विवरण र बिलबिजकका आधारमा थप आवश्यक अनुसन्धानको प्रकृया अघि बढाईने बताईएको छ ।

clock मङ्गलबार ३१, असार २०८२ १६:४९

प्रतिक्रिया