जानकी सामुदायिक वनको आयोजनामा ३० दीने आधारभुत ब्यूटीशियन तालिम सुरु
धनगढी । कञ्चनपुरको जानकी सामुदायिक वनको आयोजनामा ३० दीने आधारभुत ब्यूटीशियन तालिम सुरु भएको छ । कृष्णपुर नगरपालिका ९ पीपरीयाका रहेको जानकी सामुदायिक वनको कार्यालयमा ब्यूटीशियन तालिम सुरु भएको हो ।
जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्टको अध्यक्षतामा सुरु भएको तालीममा कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना प्रमुख अतिथी रहेकी थिईन् । यस्तै कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलास बलायर, सब डिभीजन कार्यालय पिपरीयाका प्रमुख हेमनारायण शाहनी, पर्यटन बिकास समाजका अध्यक्ष लेखराज जोशि बिशिष्ट अतिथी रहेका थिए ।
यस्तै कार्यक्रममा सीता सामुदायीक बनका अध्यक्ष फुलराम चौधरी बनदेबी सामुदायीक बनका अध्यक्ष निरज भण्डारी, उग्रतारा सामुदायीक बनका अध्यक्ष मदन राना, वडा नम्बरका सदस्य मोली राना लगायत अतिथी रहेको कार्यक्रमको सन्चलान कार्यालय सचिव कुबेर रानाले गरेको थिए ।
सामुदायीक बनले आयोजना गरेको तालीममा ८० जना भन्दा बढीको सहभागिता रहेको अध्यक्ष चन्द्र प्रकाश भट्टले जानकारी दीए । उनले सौन्दर्य कला सिकेर आफैं मात्रै प्रयोगमा ल्याउन सके पनि महिलाहरुको सौन्दर्यमा हुने ठूलो धनराशी बचत हुनुका साथै ब्यबसाय गर्न सके आयआर्जन गर्न सहज हुने धारणा राखे ।
सामुदायीक वनको संरक्षणका लागि तारजाली निर्माण, डढेलो नियन्त्रण, चोरी–शिकार रोकथाम, र छाडा चौपायाको नियन्त्रण जस्ता विविध उपायहरू अपनाउने गरेको छ ।
प्रतिक्रिया