अछाममा जुवातास खेल्दै गरेका ६ जना पक्राउ, नगद र तास बरामद
अछाम। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
शनिबार साँझ ८ बजेतिर गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पुरानो छानावाला घरमा जुवातास खेलिरहेको अवस्थामा ४१ वर्षीय खेमराज शर्मा सहित ६ जनालाई पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट नगद १८ हजार ९५ रुपैयाँ र दुई गड्डी तास समेत बरामद गरेको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रतिक्रिया