शिक्षण सिकाई अनुदान गोदावरीको अध्यक्षमा विष्ट चयन
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका शिक्षण सिकाई अनुदान नगर कार्यसमितिको अध्यक्षमा केशव विष्ट चयन भएका छन् । शनिवार अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा गोदावरीका सङ्घीय शिक्षण सिकाई अनुदान मार्फत अध्यापन गराइरहेका शिक्षकहरूको भेलाले समैजी माविका शिक्षक विष्टलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सरस्वती जोशी, सचिवमा मुन्ना बहादुर दमाई र कोषाध्यक्षमा कृष्णा कुमारी महरा चयन भएका छन् । यस्तै सदस्यहरूमा हरि प्रसाद अवस्थी, टोपेन्द्र मलासी, चन्द्रा विष्ट, मुकुन्द शर्मा, सिद्धराज जोशी, कृष्ण विक र महेश नेपाली रहेका छन् ।
यसै गरी रामचन्द्र शाहीको संयोजकत्वमा चक्र बहादुर विक र राम बहादुर मौनी सदस्य रहने गरी सल्लाहकार समिति पनि गठन गरिएको छ । यसभन्दा अगाडि गठन गरिएको समितिका अध्यक्ष देवेन्द्र कुँवर प्रदेश कार्य समितिमा गएपछि नयाँ नगर कार्य समिति चयन गरिएको बताइएको छ ।
कैलाली जिल्ला अध्यक्ष चन्द्र बहादुर खातीको प्रमुख आतिथ्यतामा नगर कार्य समिति चयन गरिएको हो । हाल गोदावरी नगरपालिकामा सङ्घीय शिक्षण सिकाई अनुदान मार्फत करिब ३९ जना शिक्षकहरू कार्यरत रहेका छन् ।
प्रतिक्रिया