कैलालीको अत्तरियामा घरमै लागू औषधको कारोबार, २ जना पक्राउ
धनगढी । कैलालीको अत्तरियाबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका – २ शान्ति टोलका २२ वर्षीय रबिन कुमार मल्लको घरकोठामा लागू औषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले शुक्रवार मल्ल सहित डोटी पुर्वीचौकी गाउँपालिका – ४ का २८ वर्षीय काले भन्ने तेज बहादुर खड्कालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा खड्काको कोठाको खटिया माथि राखेको ब्ल्याङकेटको कभर भित्र प्लास्टिकको पोकामा लुकाइ छिपाइ राखेको ९ ग्राम ६० मिलिग्राम लागु औषध बरामद गरेको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया