पूर्व पश्चिम राजमार्ग अन्तरगत कलुवापुर बजारक्षेत्रमा
कञ्चनपुर । कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । बिहिबार बसको ठक्करबाट बन्साहकी ५५ वर्षिया द्रोपटी भट्टको मृत्यु भएपछि स्थानियहरुले राजमार्ग अवरुद्ध पारेका हुन ।
शुक्रबार मृतक महिलाको परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै स्थानियहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत कलुवापुरर बजार क्षेत्रमा सडक अवरुद्ध पारेका छन् । स्थानीयहरूले उचित क्षतिपूर्ति उपलब्ध नगराउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सडक अवरुद्ध हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ ।
बिहिबार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसले भट्टलाई ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक भट्टको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
प्रतिक्रिया