कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
बसको ठक्करबाट घाइते भएकी उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो। बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु।प।प्र।००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो।
प्रतिक्रिया