कान्द्रा नदीमा महिलाको शव फेला भेटियो
धनगढी । कैलालीको कान्द्रा नदीमा महिलाको शव फेला परेको छ । नदीमा घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीय चुनबुदिया चौधरीको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई दाउरा सङ्कलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएको थियो ।
यस्तै गौरीगंगा नगरपालिका–२ को पुरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया