जानकी सामुदायिक वनले गर्यो उपभोक्ताहरुका लागि सचेतना कार्यक्रम

  बिहिबार २६, असार २०८२ ०९:१३

धनगढी । कञ्चनपुरको जानकी सामुदायिक वनले आफ्ना उपभोक्ताका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ । कृष्णपुर नगरपालिका ९ पीपरीयाका रहेको जानकी सामुदायिक वनले सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्टले उपभोक्ताहरुलाई बन ऐन, कानुन नीयमावली तथा सामुदायीक बनको बिधान, बन कार्ययोजनामा भएका प्रावधान बारे सचेतना कार्यक्रमको आयोजना गरेको बताए । 

सामुदायीक वनको संरक्षणका लागि तारजाली निर्माण, डढेलो नियन्त्रण, चोरी–शिकार रोकथाम, र छाडा चौपायाको नियन्त्रण जस्ता विविध उपायहरू अपनाउने गरेको अध्यक्ष भट्टले बताए ।

clock बिहिबार २६, असार २०८२ ०९:१३

प्रतिक्रिया