तेक्वान्दो प्रशिक्षकले करणी गरेको भन्दै धनगढीको त्रिनगर स्कुलकी बालिकाको उजुरी
धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकबाटै बलात्कारमा परेकी घटना सार्वजनिक भएको छ।
त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकामाथि सोही विद्यालयका तेक्वान्दो खेल प्रशिक्षकका रुपमा कार्यरत धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले बलात्कार गरेको उजुरी परेको हो।
घिमिरेले १३ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा असार २० गते उनीविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ।
पछिल्लो पटक बालिकालाई घुम्न जाउ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको उजुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० सागर बोहराले जानकारी दिए।
उनकाअनुसार जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी परेपछि आरोपीत घिमिरे भने फरार भएका छन्। बालिकाले घिमिरेले आफूमाथि बलात्कार गर्ने गरेको कुरा आमालाई बताएपछि घटना बाहिर आएको प्रहरीको भनाई छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया