भोटेकोसीको बाढीमा ३ प्रहरीसहित १७ जना बेपत्ता
धनगढी । आज बिहान रसुवको भोटेकोसी नदीमा आएको बाढीमा प्रहरीसहित झण्डै १७ जना जति बेपत्ता भएका छन्। रसुवाका डीएसपी हेम बहादुर शाहीले दिएको जानकारीअनुसार तीनजना प्रहरीसहित करिब १७ जना जति स्थानीय बाढीमा बेपत्ता भएका हुन्।
‘संख्या यकिन भएको छैन। तर, तीन जना प्रहरीसहित १६्७ जना स्थानीय बाढीमा बेपत्ता भएको विवरण हामीकहाँ आएको छ,’ उनले भने, ‘हामी बेपत्ताको खोजी र उद्धारमा खटिएका छौँ।’ मंगलबार बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति पुगेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना गाडी ड्राइभरसहितका स्थानीय बेपत्ता भएका हुन्।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ भने त्यहाँ रहको ड्राइपोर्टमा राखिएका सयौँ इभी गाडी पनि बगाएको छ। स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ।
प्रतिक्रिया