कैलालीको सुख्खडमा नदीमा डुबेर १७ बर्षीय युवकको मृत्यु

  सोमबार २३, असार २०८२ ०६:४४

धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा एक युवको डुबेर मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –३ का तुलादत्त भट्टको छोरा सुन्दरप्रसाद भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।

आइतबार दिउँसो साथीहरुसँग नजिकै रहेको डोडा नदीमा नुहाउन गएका १७ बर्षीय भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा मृतकलाई नदीबाट निकालिएको थियो । पोष्टमार्टमका लागि लाश धनगढी पठाइएको छ ।

clock सोमबार २३, असार २०८२ ०६:४४

प्रतिक्रिया