लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा ठाकुर

  शनिबार २१, असार २०८२ १८:२०

कैलाली । लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा जय शंकर ठाकुर निर्बिरोध निर्वाचित भएका छन । बर्ष २०२५/०२६ का लागि अध्यक्षमा ठाकुर सहित सम्पुर्ण सदस्य निर्बिरोध भएका हुन । 

त्यस्तै क्लबको उपाध्यक्षमा नरेश कुंवर, सचिवमा भेषराज न्यौपाने र कोषाध्यक्षमा अमन झा निर्वाचित भएका छन ।  

यसैगरि सदस्यहरुमा भिम बोहरा, बिनोद शाह, धुर्वराज ओझा, बिनोद दहाल, राजेन्द्र अग्रवाल र अरुण झा रहेका छन ।

नव निर्वाचित टिमलाई आज पद हस्तान्तरण समेत गरिएको छ । निबर्तमान अध्यक्ष अमित भुजनियाको अध्यक्षतामा भएको पद हस्तान्तण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष गोबिन्द बहादुर अधिकारी, पुर्व अध्यक्षहरु प्रेम बिसि, सुरेशरमण पुरी, तिलक श्रेष्ठ, दीपक नेपाल लगायतको उपस्थिति रहेको थियो ।

clock शनिबार २१, असार २०८२ १८:२०

प्रतिक्रिया