धनगढीको नगर प्रहरीद्वारा दुई हजार ४० सर्पको उद्धार
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले दुई हजार ४० सर्पको उद्धार गरेको छ । नगर प्रहरीले दुई वर्षको अवधिमा सो सङ्ख्यामा सर्पको उद्धार गरेको हो । २०८० देखि नगर प्रहरीले सर्प उद्धारको कार्य गर्दै आएको छ ।
हालसम्म कोब्रा पाँच, ब्ल्याक कोब्रा २६२, किङ्ग कोब्रा पाँच, कमन कोब्रा १७०, अजिङ्गर छ वटा, करेत ५०, कमन करेत ३५, ब्यान्डेट करेत ७३, भाइपर पिट १० वटा उद्धार गरिएको छ ।
यसैगरी, मुगा सर्प एउटा उद्धार गरेको नगर प्रहरीले जानकारी दिएको छ । बाँकी पानी र धामन सर्प रहेका छन् ।मनसुन लागेपछि मान्छेको घरबाट सर्प उद्धार गर्ने क्रम बढेको नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीले बताए ।
उनले नगर प्रहरीको तीन वटा टोली सर्प उद्धारमा परिचालन हुने गरेको बताए । उद्धार गरिएका सर्पलाई नगर प्रहरीले सुरक्षित रूपमा धनगढी उपमहानगरपालिकाभित्रकै जङ्गलमा छोड्ने गरेको छ ।
प्रतिक्रिया