कञ्चनपुरको दैजीमा जिपको ठक्करबाट एकको मृत्यु
धनगढी । कञ्चनपुरको दैजीमा जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
वेदकोट नगरपालिका–३ को दैजीमा मंगलबार सुपप्र ०४००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट दिपेन्द्र बहादुर चन्दको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका(१५ का चन्द दैजीमा डिआरएस ट्रेडर्स सञ्चालन गर्दै आएका थिए ।
उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया