कैलालीको सुखडबाट साढे दुई किलो अफिमसहित तीन जना पक्राउ

  मङ्गलबार १७, असार २०८२ १६:२५

धनगढी । कैलालीमा साढे दुई किलो बढि लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा हुम्लाको सुर्केगाड गाउँपालिका ५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका–७ कि ३२ वर्षीया पुर्णिमा पुन मगर रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक डीएसपी रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले अफिमसहित पक्राउ गरेको थियोे । तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार १७, असार २०८२ १६:२५

प्रतिक्रिया