नालामा डुबेर कञ्चनपुरकाे कृष्णपुरका एक जनाको मृत्यु

  मङ्गलबार १७, असार २०८२ १४:१५

कञ्चनपुर । नालामा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-३ देखतभुली बस्ने ४० वर्षीय अशोक चौधरीको सोमवार राति १०ः१५ बजे मुत्यु भएको हो।

 

चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडेर डुबेपछि घाईते भएका थिए।

 

 उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

clock मङ्गलबार १७, असार २०८२ १४:१५

प्रतिक्रिया