सर्पको टोकाइबाट कैलालीमा एकको मृत्यु
धनगढी । कैलालीमा सर्पको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१२ का ४३ वर्षीय रामबहादुर बुढाको ज्यान गएको हो ।
बुढालाई आज बिहान आफ्नै घर अगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।
सर्पले टोकेपछि घाइते बुढालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
उपचारकै क्रममा उहाँको ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रतिक्रिया