धनगढीका अधिंकाश वस्ती डुवानमा (फोटो फिचर)

  सोमबार १६, असार २०८२ ११:०३

धनगढी । भारी वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । वर्षाले धनगढीको मुख्य सडक संगै बसर्पाक, विशानगर, क्याम्परोड, शिवनगर लगायतका क्षेत्रमा घर भित्र पानी पसेपछि अवस्था दयनिय भएको छ । हाल सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाका भारी वर्षा भइरहेको छ ।

आइतबार बिहानदेखि भइरहेको वर्षाले तराईका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ । मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा बाँकी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

 

clock सोमबार १६, असार २०८२ ११:०३

प्रतिक्रिया