बाजुरेली समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन

  आइतबार १५, असार २०८२ १२:११

धनगढी । बाजुरेली सेवा समाज धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा कैलालीको धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने निर्णयअनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।  रक्तदानमा २५ पिन्ट रगत संकलन भएको समाजका सचिव हर्कबहादुर ओलीले जानकारी दिए ।

 ‘बजारमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने । बाजुरेली सेवा समाज स्थापना भएको २१ वर्ष पुगेको छ । 

clock आइतबार १५, असार २०८२ १२:११

प्रतिक्रिया