कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  शनिबार १४, असार २०८२ १३:०१

धनगढी । कैलालीको धनगढीमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गयराती धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक जुगेडाकै रवीन्द्र सिंहको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेर गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

clock शनिबार १४, असार २०८२ १३:०१

प्रतिक्रिया