धनगढीमा खानेपानी गुणस्तर निगरानी सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  बिहिबार १२, असार २०८२ १७:४५

धनगढी । धनगढीमा खानेपानी गुणस्तर निगरानी तथा क्लोरिनेशन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

धनगढी उपमहानगरपालिकाले नेपाल खानेपानी संस्थानका विभिन्न ठाउँको पानी टंकी, शिवनगर खानेपानी तथा व्यक्तिका नल, खानेपानीको धारा तथा घरमा भरेको पानीको नमुनाहरू संकलन गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानी मुल टंकीको पानीमा कोलिफर्म फेला परेको पछी अभिमुकरण कार्यक्रम आयोजना गरेको हो । 

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भुपेन्द्र सिह महराले सार्वजनिक र निजी नल तथा आर्टिजनको पानीमा अत्यधिक कोलिफम फेला परेकाले कोलीफम प्रयोग गरे मात्रै प्रयोग गर्न आग्रह गरे । 

स्वास्थ्य निरीक्षक महराका अनुसार खानेपानी सप्लाई गर्ने खानेपानी संस्थान, शिव नगर खानेपानी लगायत बिभिन्न स्वास्थ्य शाखाका प्रमुखहरुलाई खानेपानि शुद्धिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा तालीम दीइएको हो । तालीममा ७५ जनाको सहभागिता रहेको थियो । 
 

clock बिहिबार १२, असार २०८२ १७:४५

प्रतिक्रिया