सुदूरपश्चिमका तीन जिल्लाको विद्युत सेवा अवरुद्ध
अछाम । डोटी–अछाम ३३ केभी प्रसारण लाइनमा खराबी आएपछि तीन जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । प्रसारण लाइनमा खराबी भएपछि सोमबार बेलुकीबाट अछाम, बाजुरा र कालिकोट जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत प्रवाहमा समस्या आएको भन्दै अछाम वितरण केन्द्रले सामाजिक सञ्जालमा एक सूचना जारी गरेर समाधानको प्रयास भइरहेको जनाएको छ । विद्युत के कारण र कहाँ अवरुद्ध भएको हो भन्ने बारेमा पत्ता लाएर समाधानको कार्य भइरहेको जनााइएको छ ।
सोमबार बेलुकीबाट विद्युत अवरुद्ध हुँदा तीन जिल्लाका उपभोक्ता मारमा परेका छन् । डोटी–अछाम वितरण केन्द्रमा विद्युत प्रसारण लाइनमा विभिन्न समस्याका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया