बाजुरामा खोलामा बगेर बेपत्ता भएका पूर्व वडा सदस्य मृत फेला

  मङ्गलबार १०, असार २०८२ ०७:०१

बाजुरा । खोलामा बगेका बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन् । आइतबार दिउँसो गेरेनीखोला तर्ने बेला एक्कासी आएको बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता उनलाई आइतबार देखि नै स्थानीय र प्रहरीले खोजी गरे पनि सोमबार बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए ।

clock मङ्गलबार १०, असार २०८२ ०७:०१

प्रतिक्रिया