धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला
धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकि ३० वर्षीया रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए ।
सिंहले कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन् । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया