धनगढीकाे परीबाटबाट कटुवा पेस्ताेलसहित दुई भारतीय नागरिक पक्राउ
धनगढी । कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार धनगढी उपमहानगरपालिका–१२ काे पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टाेलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशकाे लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
उनकाअनुसार पेस्ताेलमा लाग्ने एक राउन्ड गाेली पनि बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया