धनगढी उपमहानगरले ’जुठे दमाईँ छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने

  आइतबार ०८, असार २०८२ ०७:१०

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सभाबाट भारित भएको हो। धनगढी उपमहानगरपालिकाले दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। 

दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वृद्धि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धन गर्न कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजारसम्मको स्टेश्नरी सामाग्री निःशुल्क उपलब्ध गराउने छ। कक्षा ११/१२ देखि स्नातकसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनका लागि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

धनगढी उपमहानगरपालिकाले तेह्रौँ अधिवेशनमा ’हाम्रो धनगढी, हामी बनाउछौ’, “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, “आमा बचाउ कार्यक्रम, निःशुल्क अपाङ्गता सहायता सामग्री वितरण, “हाम्रो धनगढी, सफा धनगढी, “हरियाली प्रवर्धन कार्यक्रम, “शनिवारीय महिला उद्यम बजार, “उज्यालो धनगढी कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिईएको छ।

यस्तै, “एक वडा, एक आर्थिक क्षेत्र, “सामाजिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, “हाम्रो धनगढी, सफा धनगढी, हरियाली प्रवर्धन कार्यक्रम, सीप तथा रोजगार मेला, सन्ध्याकालीन बजार, “जहाँ खाली, त्यहाँ हरियाली, हर घडी, नगर प्रहरी, पढ्दै कमाउदै, “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी“ , हाम्रो धनगढी, हामी बनाउछौ लगायत रहेका छन।

clock आइतबार ०८, असार २०८२ ०७:१०

प्रतिक्रिया