जोखिम आकलन गरी तयारी अवस्थामा रहने निर्णय
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको कार्यालय प्रमुखको बैठकले जोखिमको आकलन गरी तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुन भित्रिएसँगै बाढी, पहिरो, डुबान, चट्याङलगायतको प्रकोपका कारण क्षति हुन नदिन सबै सरोकारवाला कार्यालयले तयारी अवस्थामा रहने निर्णय गरेको हो ।
कैलालीमा विभिन्न समस्या समाधान गर्न र कार्यालयले दिने सेवा सुविधालाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक महिनाको ५ गते बस्ने कार्यालय प्रमुखको बैठकले सो निर्णय गरेको हो । प्राकृतिक विपत्बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कार्यालय प्रमुखको बैठकबाट सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
यस्तै कार्यालय प्रमुखको सोही बैठकले चालु आवको अन्त्यतिर बजेट सक्ने भन्दै विकास निर्माणका काम गुणस्तरहीन हुने भन्दै सबै कार्यालयले चनाखो बन्दै अनुगमनलाई समेत प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ । बैठकले सबै कार्यालयले नागरिकमैत्री सेवा प्रभाव गर्ने, कर्मचारी आचारसंहिताको पालना गर्ने, कार्यालय प्रवेशमा बिचौलिया प्रवेशलाई निषेध गर्ने र सुशासनमा जोड दिनेलगायतका निर्णय गरेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।
बैठको समापनमा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी हमालले जनाताको चित्त बुझाउने तरिकाले नीति नियममा रहेर सेवा प्रवाहमा जोड दिन निर्देशन दिनुभयो । उहाँले आर्थिक वर्षको समाप्तितिर विकास निर्माणका नाममा हुने भ्रष्टाचार नियन्त्रणमा सबै निकाय व्रिmयाशील हुन आग्रह गर्नुभयो । हरेक महिनाको ५ गते बस्ने कैलाली जिल्लाका कार्यालय प्रमुखको बैठकमा जिल्लास्थित अधिकांश कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया