गोदावरीका नगर शिक्षकको तलब बढ्यो

  शुक्रबार ०६, असार २०८२ १४:२३

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले नियुक्त गरेका नगर शिक्षकको तलब बढ्ने भएको छ ।

शुक्रबार गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा नगर शिक्षकको तलब बढ्ने बताए ।

उनले भने ‘नगर शिक्षकहरुको मनोबल बढाई शैक्षिक गुणस्तरमा सुधारका लागि मासिक तलबमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा क्रमशः रु २०००, रु. ३००० र रु ४००० थप गरिनेछ । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुलाई समेत कल्याणकारी कोषमा आवद्ध गरिनेछ ।’

उनले गोदावरी नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कार्यरत नगर शिक्षकहरुका लागि पोशाकको व्यवस्थापन गरिने बताए ।

साथै सामुदायिक विद्यालयका प्र.अ.हरुका लागि प्रोत्साहन स्वरुप प्राथमिक, नि.मा.वि. र मा.वि. तहमा मासिक रुपमा क्रमशः रु. ४००, रु. ५०० र रु. ७०० प्र.अ. भत्ता थप गरिने बताए ।

clock शुक्रबार ०६, असार २०८२ १४:२३

प्रतिक्रिया