कैलालीमा सुत्केरी मृत फेला, १६ दिने नवजात शिशु सकुशल

  शुक्रबार ०६, असार २०८२ ०९:५०

धनगढी । कैलालीमा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ ।

घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुुलेको बताए । उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको बताउँदै घटनास्थल सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

उनकाअनुसार मृतक नाथको १६ दिनको नवजात शिशु (छोरा) भने समान्य अवस्थामै भेटिएका छन् । मृतकका माइती पक्ष आइरहेकाले अहिले शवको खानतलासी नगरिएको प्रहरीको भनाई छ । घटना भवितव्य वा हत्या के हो रु भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०६, असार २०८२ ०९:५०

प्रतिक्रिया