सैपाल ग्याँसको ग्याँसजन्य अग्नि दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
धनगढी । सैपाल ग्याँस प्रालीको आयोजनामा ग्याँसजन्य अग्नि दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका– १ मा रहेको सैपाल ग्याँस प्रा लीले जिल्ला प्रशासन कार्यालय कैलाली कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हे क्वा सँगको सहकार्य जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कैलालीको धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतन विद्यालयमा ''ग्याँसजन्य अग्नि दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम'' सम्पन्न भएको सैपाल ग्याँसका मार्केटीङ ँम्यानेजर मनोज दाहाल जानकारी दीए । एलपी ग्याँस, सिलिन्डर, ग्यास लिकेज, कारण र सुरक्षाका उपायको बारेमा बिद्यार्थीहरुलाई जानकारी दीइएको दाहालले जानकारी दीए ।
दाहालले भने ''सुदूरपश्चिमको विभिन्न ठाउँमा ग्याँस जन्य दुर्घटना धेरै नै घटिरहेका छन् । यसको कारणलाई नियाल्दा जनचेतनाको कमी प्रमुख देखियो । जनचेतना फैलाउनका निमित्त हालसम्म कुनै ठोस गतिविधि नभएको हुँदा हामीले सामाजिक उत्तरदायित्व बहन गर्दै यो जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने निर्णय गर्यौ । पहिलो चरणमा हामीले विद्यालयमा विद्यार्थी केन्द्रित गर्दै कार्यक्रम आयोजना गर्नेछौँ। विद्यार्थीलाई सचेत गराइयो भने परिवार र समाज सचेत हुनेछ भन्ने हाम्रो विश्वास हो।''
जनचेतनामूलक कार्यक्रममा सहभागी बिद्यार्थीहरुले दिनानु दिन बढ्दै गइरहेको खाना पकाउने एलपी ग्यासको प्रयोग र शोबाट सिर्जित अग्निजन्य दुर्घटनाबाट बच्न उपायहरु कार्यक्रममा सहभागी भएपछि सिकेको बताएका छन् । ग्यास खरिद गर्नुभन्दा अगाडि के के कुरामा ध्यान दिनुपर्छ ? ग्याँस लिक भयो भने के गर्नुपर्छ ? ग्याँस लिकेज हुन नदिन के कस्तो कुरामा ध्यान दिनुपर्छ ? लिकेजको कारण र समाधान साथै आगो निभाउने उपकरण कसरी प्रयोग गर्ने विषयमा जानकारी पाएको बिद्यार्थिहरुले बताएका छन ।
सशस्त्र प्रहरी बल न. ३४ गण का नेपाल प्रहरी सहायक निरीक्षक (असई) क्षेतेन्द्र मल्लले लाइफ डेमो सहित आगो नियन्त्रणबारे जानकारी दिएका थिए । असार ५ गते ऐश्वर्या बहुमुखी कलेज र असार ६ गते पञ्चदय मा वि मा यो कार्यक्रम आयोजना हुनेछ ।
प्रतिक्रिया