कैलालीमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु
धनगढी । कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक पुरुष मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो ।
बुधबार साँझ ५ बजे पुरानो चौमाला बजारदेखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका थिए ।
बेपत्ता ताम्राकारको खोजीकार्य गर्दा बिहीबार बिहान खोलामा शव फेला परेको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक योगेन्द्र बलायरलेले जानकारी दिए।
उहाँले पोस्टमार्टमका लागि धनगढीमा रहेको प्रादेशीक सेती अञ्चल अस्पतालमा पठाएको जानकारी दिए ।
प्रतिक्रिया