आन्तरीक मामिला मन्त्रालयको सहयाेगमा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम खानीडाडामा सम्पन्न

  मङ्गलबार ०३, असार २०८२ १७:५२

धनगढी । सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सम्पन्न भएको छ। असार २ गरे (सोमवार) देखि सुरु भएको तालिम आज ३ गते ( मंगलबार) समापन गरिएको हो ।

 

खेलकुद विधालाई पत्रकारिता मार्फत उजागर गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र नेपाल खेलकुद पत्रकार मञ्च कैलाली शाखाको आयोजनामा भएको तालिममा विभिन्न मिडियामा कार्यरत ३० जना पत्रकारको सहभागिता रहेको थियो। दुई दिने तालिममा फुटबल, एथलेटिक्सको बारेमा प्रशिक्षण पत्रकार सिताराम ओझाले गरेका थिए भने क्रिकेट, भलिबलका बारेमा प्रशिक्षण पत्रकार नवराज पनेरुले गरेका थिए।

 

प्रशिक्षार्थीका रुपमा सहभागी भएका पत्रकार महेश बडुले यो तालिम आफुहरुलाई ठुलो सहयोग गरेको बताए। खेल विधा पत्रकारिताका लागि यो तालिम ज्यादै उपयोगी रहेको बडुले बताए। यस्तै तालिममा सहभागी रहेकी प्रशिक्षार्थी रक्षा बाग्चनले खेल क्षेत्रमा कलम चलाउन प्रेरित गरेको बताइन् ।

 

नेपाल खेलकुद प्रत्रकार मञ्च कैलाली शाखाका अध्यक्ष प्रदिप पाठकको अध्यक्षतामा सुरु भएको समापन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सदस्य कृत बहादुर विष्ट, मन्चका सल्लाहकार दिपक उपाध्याय, नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थीको सहभागितामा कार्यक्रम समापन गरिएको नेपाल खेलकुद पत्रकार मञ्च कैलाली शाखाका सचिव विराज रोस्याराले जानकारी दिए।

 

खेलकुद विधामा कलम चलाउने पत्रकारका लागि तालिम उपयोगी रहेको सहभागीहरु भनाइ छ।

clock मङ्गलबार ०३, असार २०८२ १७:५२

प्रतिक्रिया