सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि

  बुधबार ०८, चैत २०७९ १७:२३

धनगढी । सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। बुधवार गरेको स्वाथ्य परिक्षणमा ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ७ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। पछिल्लो २४ घण्टामा तीन सय ४१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुनेको मृत्यु दर भने शून्य छ।

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४१ हजार आठसय ४४ को नमुना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार नौँ सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

clock बुधबार ०८, चैत २०७९ १७:२३

प्रतिक्रिया