सरकार जोगाउन मध्यराती मुख्यमन्त्रीले दीए २ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

  बिहिबार १५, चैत २०८० ०८:४४

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । हिजो राति मुख्यमन्त्री कमल बहादुर शाहले दुई विना विभागीयमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्द् कार्यालयमा नाउपकामा सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवार तोकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिए ।

दुबैले हिजै पत्र बुझिसकेको र आज कार्यभार सम्हाल्ने तयारी गरेका छन् । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पनि दुईमन्त्रीको जिम्मेवारी तोकेको पुष्टि गरे । मुख्यमन्त्रीसँगको छलफलमा विनाविभागीय मन्त्री लक्ष्मण चौधरीले काम गर्ने गरि जिम्मेवारी दिन भनेका थिए ।

नत्र राजप्नामा दिने चेतावनी पनि उनले दिएका थिए ।’झण्डा हल्लाउने मात्रै मन्त्रीको काम होइन काम गर्ने गरि मन्त्रालय तोक्नु पर्‍यो,’ स्रोतले मुख्यमन्त्रीलाई मन्त्रीले भनेको कुरा उद्दित गर्दै भन्यो ‘हामीलाई सडकछाप मन्त्री भन्न थालिसके कि जिम्मेवारी दिनुहोस् होइन भने राजीनामा दिन्छु भन्नुभयो ।’

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् । अहिले काङ्ग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको काङ्ग्रेसबाट मुख्यमन्त्री सहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् ।

माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदापनि अझै २ सांसदको अभाव छ । नाउपामा पनि अहिले काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । पार्टी केन्द्रले नयाँ गठबन्धनमा जाने निर्णय गरेको छ भने प्रदेश संसदीय दलका बहुमत सदस्य काङ्ग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहन्छन् ।

clock बिहिबार १५, चैत २०८० ०८:४४

प्रतिक्रिया