डोटीको आर्दश गाउँपालिकामा माटोको ढिस्कोमा च्यापिएर महिलाको मृत्यु

  सोमबार १२, चैत २०८० ०७:०२

डोटी । डोटीमा घरपोत्ने माटो खन्न गएकी एक महिलाको माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।

आर्दश गाउँपालिका–२ की अन्दाजी ६० वर्षीया भागादेबि ओझाको माटोको ढिस्कोमा च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

घाइते भएकी आर्दश–१ की ५० वर्षीया पार्वती खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते पार्वतीको कम्मर मुनि चोट लागेको र अवस्था भने मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। 

यस अघि शनिवार डोटीको शिखरमा माटोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। 
 

clock सोमबार १२, चैत २०८० ०७:०२

प्रतिक्रिया